देशको राजनीतिक अवस्था सहज छैन : अध्यक्षा दाहाल
‘यो सरकारलाई पनि फेरि असफल साबित गर्ने, नेपाललाई असफल राष्ट्र बनाएर गहिरो दुर्घटना हुने त होइन?, देशको राजनीतिक सहज भइसकेको छैन। नयाँ र पुरानाको भाष्य बनाइयो । जे भए पनि नेपाली जनताले आशा र अपेक्षाका साथ रास्वपालाई बहुमत प्रदान गरेको हो,’ उनले भने।
काठमाडौं, साउन १४ : नेकपाका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहालले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन्बर।
बिहीबार संसदलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकार असफल भयो भने राष्ट्र नै असफल हुन सक्ने बताए।
‘यो सरकारलाई पनि फेरि असफल साबित गर्ने, नेपाललाई असफल राष्ट्र बनाएर गहिरो दुर्घटना हुने त होइन?, देशको राजनीतिक सहज भइसकेको छैन। नयाँ र पुरानाको भाष्य बनाइयो । जे भए पनि नेपाली जनताले आशा र अपेक्षाका साथ रास्वपालाई बहुमत प्रदान गरेको हो,’ उनले भने।
दाहालले अहिले जनताको अपेक्षाअनुसार काम नभएको भन्ने कुरा जनताजतै सुन्न थालिएको बताए।
‘क्रियाकलाप त्यस खालका रहेनन्। बरु एकपछि अर्को नकारात्मक उदाहरण बन्दै गएका छन्,’ उनले भने, ‘सुकुम्वासी, ट्रेड युनियन, सीमाना लगायतका प्रश्न छन्। अहिले उठाउन चाहन्न । राष्ट्रिय स्वाधिनताको कुरा हुन् । जनता झन् पछि झन् झस्किएको जस्तो भएका छन् । पुरानाभन्दा पछि पर्ने हो कि?’
दाहालले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्रीले देखाएको व्यवहार, गणतन्त्र दिवसको दिनमा प्रधानमन्त्रीले सम्बोधन नगर्नुलगायतका विषय गम्भीरताका साथ बुद्धिजीवी वर्गले हेरिरहेको बताए।