सप्तरीमा थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, जेठ १७ : सप्तरीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार बिहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठ....

काठमाडौं, जेठ १७ : सप्तरीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शनिबार बिहान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीको डाकनेश्वरी नगरपालिकाका ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये आठ जना पुरुष र एक जना महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए। उनका अनुसार थपिएका संक्रमित सबैजना भारतबाट आएको र १८ देखि ७० वर्ष उमेर समूहका रहेका छन्। योसँगै सप्तरीमा मात्रै कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ।
यसअघि शनिबार नै दैलेखमा १४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या १२३५ पुगेको छ। संक्रमितमध्ये २०६ जना अस्पतालबाट निको भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ।











