Kathmandu Press

गोपालमान श्रेष्ठको पार्थिव शरीरमा सभापति थापाले ओढाए पार्टीको झन्डा

उनको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन्।
गोपालमान श्रेष्ठको पार्थिव शरीरमा सभापति थापाले ओढाए पार्टीको झन्डा

काठमाडौं, साउन १२ : नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपामा राखिएको छ। 

उनको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाएका छन्।

पूर्वउपप्रधानमन्त्री समेत रहेका श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको थियो। 

उनको आजै शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ।

photo-10_a16e3141-1785304083.jpg

photo-3_1b9cb494-1785304082.jpg

प्रकाशित मिति: ११:३३ बजे, बुधबार, साउन १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्