Kathmandu Press

श्रेष्ठको निधनमा कांग्रेसको तीनदिने शोक घोषणा, १४ गते पार्टी कार्यालय बन्द रहने

मंगलबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीनदिने शोक कार्यक्रम घोषणा गरेको हो । बैठकले नेता श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो।
श्रेष्ठको निधनमा कांग्रेसको तीनदिने शोक घोषणा, १४ गते पार्टी कार्यालय बन्द रहने

काठमाडौं, साउन १२ : नेपाली कांग्रेसले वरिष्ठ नेता पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।  

मंगलबार केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीनदिने शोक कार्यक्रम घोषणा गरेको हो । बैठकले नेता श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको हो।

उपचारका क्रममा श्रावण १२ गते ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उनको निधन भएको थियो।

बैठकले पारित गरेको निर्णयअनुसार श्रावण १३, १४ र १५ गतेसम्म पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइनेछ। यस्तै, श्रावण १४ गते बिहीबार देशभरका सबै पार्टी कार्यालय बन्द रहने निर्णय गरिएको छ।

पार्टीले स्वर्गीय श्रेष्ठको सम्मानमा स्वर्गारोहण भएको दिनदेखि १३ दिनसम्म केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने जनाएको छ।

त्यसैगरी, स्वर्गारोहणको १३औँ दिन श्रेष्ठको गृह जिल्ला स्याङ्जाको कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरिने तथा त्यसपछि जिल्लामा शोकसभा आयोजना गरिने कांग्रेसले जनाएको छ।

प्रकाशित मिति: ११:२६ बजे, बुधबार, साउन १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्