आज गुरु पूर्णिमा : गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडौं, साउन १२ : आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । गुरु पूर्णिमा श्रद्धा, सम्मान र भक्तिभावका साथ मनाइँदै छ । यस दिन ज्ञान, शिक्षा, संस्कार र जीवन मार्गदर्शन प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता व्यक्त गर्ने परम्परा रहेको छ ।
वैदिक सनातन परम्पराअनुसार गुरु पूर्णिमाका अवसरमा गायत्री मन्त्र, दीक्षा तथा वेद–शास्त्रको ज्ञान प्रदान गर्ने गुरुहरूको पूजा, सम्मान र आशीर्वाद ग्रहण गर्ने गरिन्छ ।
यस दिन आफ्ना शिक्षक, आध्यात्मिक गुरु तथा जीवनमा प्रेरणा दिने व्यक्तिहरूप्रति सम्मान प्रकट गर्ने विशेष महत्व रहेको छ ।
प्रकाशित मिति: ०८:०५ बजे, बुधबार, साउन १३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











