Kathmandu Press

रास्वपाको केन्द्रीय समिति बैठक बुधबार बस्ने

बैठक बुधबार बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय, घण्टी घर बस्ने भएको हो । 
रास्वपाको केन्द्रीय समिति बैठक बुधबार बस्ने

काठमाडौं, साउन १२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक भोली (बुधबार) बस्ने भएको छ । 

बैठक बुधबार बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय, घण्टी घर बस्ने भएको हो । 

बैठकमा हालै सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिहरूको तर्जुमा तथा परिमार्जन, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, आगामी अभियान तथा कार्यक्रम सञ्चालन लगायतका विषयमा छलफल हुने कार्यसूची छ । 

प्रकाशित मिति: ०८:३८ बजे, मंगलबार, साउन १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्