कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ, जेठ १७ : प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसको बैठक आज बस्दै छ।
संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विषयमा छलफल गर्न शनिब....

काठमाडौँ, जेठ १७ : प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसको बैठक आज बस्दै छ।
संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विषयमा छलफल गर्न शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय समिति बैठक डाकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।
कोरोना महामारी र लकडाउनकाबीच पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्न लागेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि सूचना पठाइएको छ।
सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्सालाई नेपालको वास्तविक सीमाअनुरुप मिलाउनका लागि जेठ ९ गते सङ्घीय संसद्मा ‘नेपालको संविधान (दोस्रो संशोधन) , २०७७’ विधेयक दर्ता गराएको थियो।
बुधबारको बैठकमा संशोधन प्रस्ताव पेश गर्ने भनिएपनि अन्तिममा आएर कार्यसूचीबाट हटाइयो । आज बस्ने काँग्रेसको बैठकले संविधान संशोधन गर्ने निर्णय गरेमा तत्कालै बस्ने संसद् बैठकमा संशोधन प्रस्ताव पेश गरिने नेताहरुले जनाएका छन् ।











