नागढुंगा सुरुङमार्ग सञ्चालनको औपचारिक शुभारम्भ
आज सोमवार नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र जापानीज राजदुतले समग्र रुपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका हुन्।
काठमाडौं, साउन ११ : नागढुंगा सुरुङमार्गको उद्घाटन समारोह आज भएको छ।
आज सोमवार नागढुंगा सुरुङमार्गको उद्घाटन समारोहमा पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल र जापानीज राजदुतले समग्र रुपमा सुरुङमार्गको औपचारिक उद्घाटन गरेका हुन्।
लामो समयदेखि प्रतिक्षा गरिएको यो राष्ट्रिय गौरवको आयोजना सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका र देशका विभिन्न भागबीचको सडक आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा सरकारी अधिकारी, निर्माण कम्पनीका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको छ।
प्रकाशित मिति: ११:४१ बजे, सोमबार, साउन ११, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![नागढुंगा सुरुङमार्गको उद्घाटन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785133541.jpg)