Kathmandu Press

भारतमा एकैदिन ८ हजार बढीमा कोरोनाको संक्रमण पुष्टि 

काठमाडौं, जेठ १७ : भारतमा एकैदिन ८ हजार १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण....

भारतमा एकैदिन ८ हजार बढीमा कोरोनाको संक्रमण पुष्टि 

काठमाडौं, जेठ १७ : भारतमा एकैदिन ८ हजार १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या १ लाख ७३ हजार ४९१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ। कोरोना भाइरसको संक्रमणले भारतमा एकैदिन २६९ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा मृत्यु हुनेको संख्या ४ हजार ९८० पुगेको छ। संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

प्रकाशित मिति: ०७:३८ बजे, शनिबार, जेठ १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्