सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
उनीहरुले स्वकिय सचिव राख्नदिने निर्णयले राज्यकोषमा अनावश्यक भार पर्ने दावी गर्दै सरकारको निर्णय खारेज गर्न माग गरेका छन्।
काठमाडौं, साउन ७ : संघीय सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
शुक्रबार अधिवक्ता डा. प्रेमराज सिलवाल र मनिराम उपाध्यायले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदनहरू दर्ता गराएका छन्।
प्रधानमन्त्री बालेन शाह, प्रधानमन्त्री कार्यालय, कानून मन्त्रालय, सभामुख, प्रतिनिधिसभा लगायतलाई विपक्षी बनाउँदै दायर गरिएको रिटमा उनीहरुले स्वकिय सचिव राख्नदिने निर्णयले राज्यकोषमा अनावश्यक भार पर्ने दावी गर्दै सरकारको निर्णय खारेज गर्न माग गरेका छन्।
सर्वोच्च अदालतले दुवै निवेदनहरूमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ गर्नेछ।
प्रकाशित मिति: १२:५२ बजे, शुक्रबार, साउन ८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











