Kathmandu Press

प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या ४९६

जनकपुरधाम, जेठ १६ : प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या ४९६ पुगेको छ । पछिल्लो चौबीस घण्टामा प्रदेश २ मा ९६ जना नयाँ संक्रमित थपिएको सामाजिक विकास....

प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या ४९६

जनकपुरधाम, जेठ १६ : प्रदेश नं २ मा कोरोना संक्रमितको संख्या ४९६ पुगेको छ । पछिल्लो चौबीस घण्टामा प्रदेश २ मा ९६ जना नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए।

नयाँ संक्रमितमा सप्तरीको राजविराज नगरपालिकामा पाँच, धनुषाको खजुरास्थित क्वारेन्टाइनमा एक ५० वर्षीया महिला, सर्लाहीको कोडैना गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका दुई पुरुष, मलंगवाकी एक महिलासहित दुई गरी सर्लाहीबाट चार जना थपिएका छन्।

त्यस्तै, रौतहटको राजपुर नगरपालिकाको फरहदवास्थित क्वारेन्टाइनको ५० जना, बोधीमाइ नगरपालिकाको सरमझुवा क्वारेन्टाइनका दुई जना, मौलापुरको छ जना र इशनाथ नगरपालिकाको डुमरिया माविस्थित क्वारेन्टाइनको दुई महिलासहित १५ गरी रौतहटबाट ७३ जना, बाराको पचरौटा गाउँपालिकाको चार जना, पर्साको जिराभवानी गाउँपालिकाबाट एक र पोखरिया नगरपालिकाबाट आठ जना गरी नौजना कोरोना सङ्क्रमित थपिएका हुन्।

पछिल्लो समयमा संक्रमित थपिएपछि सप्तरीमा ३४, सर्लाहीमा ४५, धनुषामा ४२, रौतहटमा १८२, बारामा ५३ र पर्सामा ९८ जना संक्रमितको संख्या पुगेको छ भने सिरहामा १४ र महोत्तरीमा २३ जना गरी संक्रमितमितको संख्या ४९६ पुगेको हो। सोमध्ये ९८ निको भएर घर फर्केका छन्। 

प्रकाशित मिति: १९:४२ बजे, शुक्रबार, जेठ १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्