आज देशका यी प्रदेशहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं, साउन ८ : हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। साथै, मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ।
देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका पहाडी भू–भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राती भने देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ।
देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका थोरै स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।











