प्रदेश नं २ को प्रदेशसभाको चौथो अधिवेशन बुधबार
जनकपुरधाम, जेठ १६ : प्रदेश नं २ को प्रदेशसभाको चौथो अधिवेशन बैठक यही जेठ २१ गते बुधबार शुरु हुने भएको छ।
प्रदेशसभा सचिवालयका निमित सचिव रञ्ज....

जनकपुरधाम, जेठ १६ : प्रदेश नं २ को प्रदेशसभाको चौथो अधिवेशन बैठक यही जेठ २१ गते बुधबार शुरु हुने भएको छ।
प्रदेशसभा सचिवालयका निमित सचिव रञ्जित यादवका अनुसार जेठ २१ गते बुधबार दिउँसो १ः०० बजेका लागि अधिवेशन बैठक बोलाइएको छ। सोका लागि प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मीको कोरोना परीक्षण कार्य भइरहेको जनाइएको छ। प्रदेशसभा भवन परिसरमा बिहीबारदेखि नै स्वाब संकलन कार्य भइरहेको छ।
प्रकाशित मिति: १९:३६ बजे, शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार