Kathmandu Press

रवि चीन भ्रमणमा जाने

रविको भ्रमणका लागि परराष्ट्रमन्त्रीमार्फत नै चिनियाँ पक्षसँग संवाद भइरहेको छ। 
रवि चीन भ्रमणमा जाने

काठमाडौं, साउन ७ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन्। भ्रमणको सम्भावित मिति तय भए पनि सार्वजनिक गरिएको छैन । 

तयारी पूरा नभइसकेकाले भ्रमण दलमा को को रहनेछन् भनेर खुलाइएको छैन। रविको भ्रमणका लागि परराष्ट्रमन्त्रीमार्फत नै चिनियाँ पक्षसँग संवाद भइरहेको छ। 

नेपालको दुईतिहाइ बहुमत प्राप्त पार्टीको नेतृत्वको हैसियतमा चिनियाँ कम्युनिस्ट पार्टीले दिएको निमन्त्रणा चीन जान लागेका हुन्।

आगामी हप्ताको अन्त्यतिर वा त्यसपछिको हप्तामा भ्रमण हुने बताइएको छ। 

प्रकाशित मिति: १४:१७ बजे, बिहीबार, साउन ७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्