Kathmandu Press

जसपाको छुट्टै संविधान संशोधन प्रस्ताव

काठमाडौं, जेठ १६ : जनता समाजवादी पार्टी (जसपा)ले छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ। 

जसपाका सांसद महन्थ ठाकुर संवि....

 जसपाको छुट्टै संविधान संशोधन प्रस्ताव
फाइल

काठमाडौं, जेठ १६ : जनता समाजवादी पार्टी (जसपा)ले छुट्टै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ। 

जसपाका सांसद महन्थ ठाकुर संविधान संशोधन प्रस्ताव दर्ता गराउन संघीय संसद सचिवालय पुगेका हुन्। सरकारले नेपालको नयाँ नक्सा संविधानको अनुसूचीमा राख्ने गरी संशोधन प्रस्ताव दर्ता गराइसकेको अवस्थामा जसपाले छुट्टै संशोधन प्रस्ताव दर्ता गर्न लागेको हो।

संविधानसँग असन्तुष्टि राख्दै आएको जसपाले आफ्ना माग पूरा गर्न संशोधन विधेयक दर्ता गर्न लागेको हो। प्रदेशको सीमांकन, नागरिकता लगायतका विषयमा संविधान संशोधन गर्नुपर्ने मधेस केन्द्रित दलहरुको माग छ।

प्रकाशित मिति: १८:३७ बजे, शुक्रबार, जेठ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्