Kathmandu Press

भारतबाट फर्किने नेपालीका लागि सरकारले तोक्यो १८ नाका 

काठमाडौं, जेठ १६ : सरकारले भारतबाट फर्किने नेपालीहरुका लागि आधिकारिक नाका तोकेको छ। 

शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको....

भारतबाट फर्किने नेपालीका लागि सरकारले तोक्यो १८ नाका 

काठमाडौं, जेठ १६ : सरकारले भारतबाट फर्किने नेपालीहरुका लागि आधिकारिक नाका तोकेको छ। 

शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले भारतमा रहेका नेपालीलाई स्वदेश भित्रिन देशका विभिन्न १८ वटा नाका तोकेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए। 

सचिव विडारीका अनुसार भारतमा रहेका नेपालीलाई स्वदेश भित्रिन पशुपतिनगर, काँकडभित्ता, रानी, सुनौली, ठाडी, माडर, मलंगवा, गौर, वीरगञ्ज र महेशपुर नाका तोकेको छ।

यसैगरी बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरिफण्टा, गड्डाचौकी, झुलाघाँट र दार्चुलाका नाकाबाट पनि नेपालीहरु भित्रिन सक्ने उनले जानकारी दिए।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश ल्याउने निर्णय गरिसकेको छ।
 

प्रकाशित मिति: १८:२५ बजे, शुक्रबार, जेठ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्