कीर्तिपुरमा कारमा आगलागी, एक जनाको शव निकालियो
मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकिराखेको बा ५ च ३०३८ नम्बको कारमा आगलागी भएको प्रहरीले जनाएको छ।
काठमाडौं, साउन ५ : काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ।
मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकिराखेको बा ५ च ३०३८ नम्बको कारमा आगलागी भएको प्रहरीले जनाएको छ।
गाडीमा लागेको आगो प्रहरीले निभाएको छ। त्यहाँबाट एकजना पुरुषको शव प्रहरीले निकालेको छ। शवको पहिचान हुन सकेको छैन।
आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको प्रहरीले जानाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान सुरु भएको छ ।
प्रकाशित मिति: १३:१६ बजे, मंगलबार, साउन ५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार