Kathmandu Press

बौद्ध गेट नजिक एक युवती गरिन् आत्मदाह प्रयास 

काभ्रेको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ः५० बजे पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन्।
बौद्ध गेट नजिक एक युवती गरिन् आत्मदाह प्रयास 

काठमाडौं, साउन ५ : काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले आत्मदाह प्रयास गरेकी छन्। 

काभ्रेको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ः५० बजे पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन्।

गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

एसपी भट्टराईका अनुसार घाइते अवस्थाकी श्रीमतीलाई श्रीमानले शुस्मा कोइराला मेमोरियल अस्पताल साखु पुर्‍ याएका थिए। त्यहाँबाट थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालमा रिफर भइसकेको छ।

सालुले श्रीमानसँगको विवादपछि आत्मदाहको प्रयास गरेको प्रहरिले जनाएको छ। उनको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत जलेको छ। 

प्रकाशित मिति: ११:२५ बजे, मंगलबार, साउन ५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्