Kathmandu Press

कपिलवस्तुमा एकैदिन थपिए ५१ जना कोरोना संक्रमित

काठमाडौं, जेठ १६ : कपिलवस्तुमा एकैदिन ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला का....

कपिलवस्तुमा एकैदिन थपिए ५१ जना कोरोना संक्रमित
सांकेतिक

काठमाडौं, जेठ १६ : कपिलवस्तुमा एकैदिन ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, रुपन्देहीको प्रादेशिक प्रयोगशाला, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका थप ५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

प्रवक्ता देवकोटाका अनुसार संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका भृकुटी मावि कृष्णनगरको क्वारेन्टाइनमा रहेका २३ जना,  गौतम बुद्ध मावि क्वारेन्टाइनमा रहेका १५ जना, विजयनगरका ९ जना र कपिलवस्तु नगरपालिकाका चार जना रहेका छन्। उनीहरु सातदेखि ५२ वर्ष उमेर समूहका रहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए।

योसँंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२ सय १२  पुगेको छ। संक्रमितमध्ये २०६ जना निको भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: १७:५५ बजे, शुक्रबार, जेठ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्