Kathmandu Press

बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाउन संसदीय समितिकाे निर्देशन

‘नागरिकतासम्बन्धी विषय, उप्साहकोट पहिरोबाट विस्थापितको समस्या, बिनु यादव र निहारिका राजपुतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिनेछ। विशेषगरी नागरिकले आफ्ना समस्या मन्त्रीसमक्ष राख्न चाहेको अवस्थामा गृह मन्त्रालयलाई भेटघाटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ,’ सभापति बास्कोटाले भनिन्।
बिनु र निहारिकालाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाउन संसदीय समितिकाे निर्देशन

काठमाडाैं, साउन ३ : अधिकारकर्मी बिनु यादव र निहारिका राजपुतलाई गृहमन्त्रीसँग भेट्न गर्ने वातारण बनाउन कानुन, न्याय तथा मानव अधिकार समितिले गृह मन्त्रालयलाई निर्देशन दिएकाे छ। 

सिमितकाे आज बसेकाे बैठकमा गृहमन्त्रीसँग यादव र राजपुतले भेट्न चाहेको विषयबारेमा बोल्दै सभापति समीक्षा बास्कोटाले कुनै पनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने र त्यसका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गरिन्।

विगतदेखि नै हिंसापीडित रहेको भन्दै आवाज उठाइरहेकी ‘कुमारी आमा’ का नामबाट परिचित निहारिका र बिनु शनिबार गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजाएर सिंहदरबार गेटमा धर्ना दिन पुगेका थिए । तर उनीहरू दुवै जनालाई महिलालाई प्रहरीले लछार–पछार गरेर हटाएको थियो।

‘नागरिकतासम्बन्धी विषय, उप्साहकोट पहिरोबाट विस्थापितको समस्या, बिनु यादव र निहारिका राजपुतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिनेछ। विशेषगरी नागरिकले आफ्ना समस्या मन्त्रीसमक्ष राख्न चाहेको अवस्थामा गृह मन्त्रालयलाई भेटघाटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ,’ सभापति बास्कोटाले भनिन्।

बैठकमा सभापति बास्कोटाले बाल सुधार गृहमा रहेका बालबालिकाहरूको मानव अधिकार, उचित खानपान र पोषणको अवस्थामा सुधार गर्न सरकारलाई निर्देशन समेत दिइन्।

प्रकाशित मिति: १३:५३ बजे, आइतबार, साउन ३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्