Kathmandu Press

जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ घाइते

दुर्घटनामा घाइते भएका यात्रुको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ। दुर्घटना हुँदा अवरुद्ध भएको सडक–खण्ड सवारी साधन हटाइ दुवैतर्फी पुनः सञ्चालनमा आएको छ।
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ घाइते

चितवन, साउन ३ : मुग्लिङ–नारायणगढ सडकखण्डमा आज बिहान तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते भएका छन्।

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आज बिहान करिब ७ः१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किएको हो।

दुर्घटनामा घाइते भएका यात्रुको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको छ। दुर्घटना हुँदा अवरुद्ध भएको सडक–खण्ड सवारी साधन हटाइ दुवैतर्फी पुनः सञ्चालनमा आएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकी १० बजेदेखि उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आज बिहानैदेखि रोक हटाई सडक सुचारु गरिए पनि खुलेको केही समयमै दुर्घटना भएपछि सडक पुन अवरुद्ध भएको थियो।

प्रकाशित मिति: ११:४९ बजे, आइतबार, साउन ३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्