२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७२१ जनालाई कारबाही
आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने २१, राइड सेयरिङमा २६, रातोबत्तीमा ४१ जना चालकलाई कारबाही गरिएको छ ।
काठमाडौं, श्रावण ३ : ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७२१ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने २१, राइड सेयरिङमा २६, रातोबत्तीमा ४१ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा १३४, सडक फुटपाथमा २५, हर्न निषेधमा २१,अवस्था ठिक नभएको ९ र अन्यमा ३९३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ०८:०८ बजे, आइतबार, साउन ३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार