दाङमा थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, जेठ १६ : दाङमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको....

काठमाडौं, जेठ १६ : दाङमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनका अनुसार संक्रमितहरु दाङ गढवाका २८ र ४१ वर्षीय पुरुष रहेका छन्।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२१२ पुगेको छ। तीमध्ये २०६ जना निको भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १६:४२ बजे, शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











