Kathmandu Press

डा.देवेन्द्रराज पाण्डेबारे नेताहरु भन्छन्- लोकतन्त्रका सच्चा अभिभावक गुमायौं

उनले शान्ति प्रक्रिया अघि बढाउन, संविधानसभा सफल बनाउन तथा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानमा डा.पाण्डेले नागरिक समाजको तर्फबाट महत्त्वपूर्ण भूमिका रहेको छ। 
डा.देवेन्द्रराज पाण्डेबारे नेताहरु भन्छन्- लोकतन्त्रका सच्चा अभिभावक गुमायौं

काठमाडौं, साउन २ :  नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति विभिन्न राजनीतिक दलका नेताहरूले गहिरो दुःख व्यक्त गरेका छन्। 

शनिबार पाण्डेको पार्थिव शरीर अत्येष्टिका लागि पशुपति आर्यघाट पुगेका उनीहरूले लोकतन्त्र, नागरिक अधिकार र सुशासनका लागि पाण्डेले गरेको योगदानको उच्च मूल्यांकन गरे। 

नेपाली कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले डा.पाण्डेको निधनले देशले लोकतान्त्रिक आन्दोलनका एक अग्रणी व्यक्तित्व गुमाएको प्रतिक्रिया दिए।

उनले शान्ति प्रक्रिया अघि बढाउन, संविधानसभा सफल बनाउन तथा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानमा डा.पाण्डेले नागरिक समाजको तर्फबाट महत्त्वपूर्ण भूमिका रहेको छ। 

‘नेपालको लोकतान्त्रिक आन्दोलनका एक अगुवा नेपालमा शान्ति प्रक्रिया अगाडि बढाउने वा सफल पार्ने, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्ने सन्दर्भमा उहाँको योगदान महत्वपूर्ण छ । विशेषगरी नागरिक समाजको नेतृत्वदायी भूमिका खेल्ने पाण्डेको निधनले सबैलाई अत्यन्तै गहिरो चोट दिएको छ,’ उनले भने।

पूर्व सभामुख अग्निप्रसाद सापकोटाले डा.पाण्डेलाई बहुआयामिक व्यक्तित्वका रुपमा चित्रण गरे । उनले प्रशासन, राजनीति र पछिल्लो समय सामाजिक अभियन्ताका रूपमा समेत डा.पाण्डेले विशिष्ट पहिचान बनाएको बताए । सापकोटाले उनको निधनसँगै मुलुकले लोकतन्त्रका एक सच्चा अभिभावक गुमाएको अनुभूति भएको धारणा समेत व्यक्त गरे ।

‘डा.देवेन्द्रराज पाण्डे बहुआयामिक व्यक्तित्व हो । उहाँले प्रसानिक होस वा राजनीतिक क्षेत्रमा होस् पछिल्लो समय सामाजिक अभियन्ता रूपमा पनि स्थापित हुनुभयो । उहाँ लोकतान्त्रिक मूल्य मान्यता र आदर्शप्रति असाध्यै निष्ठावान हुनुहुन्थ्यो, इमानदार हुनुहुन्थ्यो । उहाँ लोकतन्त्रको उदाहरणीय व्यक्ति हुनुहुन्थ्यो । सबैले एउटा सच्चा अभिभावक गुमेको अनुभूति गरेको छौँ,’ उनले भने।

यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले पनि डा.पाण्डेलाई नेपालको लोकतान्त्रिक आन्दोलन, नागरिक समाज र नागरिक अधिकार अभियानका अग्रणी व्यक्तित्वका रूपमा स्मरण गरे।

उनले पञ्चायतकलादेखि नै जनताको अधिकार, लोकतन्त्र र नागरिक स्वतन्त्रताको पक्षमा डा.पाण्डेले खेलेको भूमिका नयाँ पुस्ताका लागि शिक्षा र ठुलो इतिहास र अभ्यास रहेको बताए।

उनको अन्तिम बिदाइअघि विभिन्न राजनीतिक दलका नेता, आफन्त तथा शुभचिन्तकहरूले उनको पार्थिव शरीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्न विशालनगरस्थित निवास र पशुपति आर्यघाट पुगेका थिए । डा.पाण्डेको शनिबार दिउसो अन्त्येष्टि गरिएको छ । 

प्रकाशित मिति: १५:३७ बजे, शनिबार, साउन २, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्