Kathmandu Press

डा. देवेन्द्रराज पाण्डेको निधनले राष्ट्रले लोकतन्त्रका सजग पहरेदार गुमायो : गगन थापा

थापाले अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा डा. पाण्डेले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसमा महत्वपूर्ण योगदान दिएको बताए।
डा. देवेन्द्रराज पाण्डेको निधनले राष्ट्रले लोकतन्त्रका सजग पहरेदार गुमायो : गगन थापा

काठमाडौं, साउन २ : नेपाली कांग्रेसका सभापति गगन थापाले वरिष्ठ नागरिक अगुवा तथा पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सभापति थापाले डा. पाण्डेको निधनसँगै राष्ट्रले प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रका सजग पहरेदार गुमाएको बताएका छन्। उनले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा डा। पाण्डेले जीवनभर निर्भीक रूपमा आवाज उठाएको स्मरण गरेका छन्।

सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक चरणहरूमा डा। पाण्डेले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध दृढ भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्। उनले नयाँ पुस्तालाई लोकतन्त्र, नागरिक चेतना र उत्तरदायी शासनका विषयमा डा. पाण्डेले निरन्तर प्रेरित गरेको बताएका छन्।

थापाले अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा डा. पाण्डेले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसमा महत्वपूर्ण योगदान दिएको बताए।

उनले सार्वजनिक जीवनमा डा। पाण्डेले देखाएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहने उल्लेख गरेका छन्। 

‘अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिनुभयो । सार्वजनिक जीवनमा उहाँले देखाउनुभएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहनेछ,‘ थापाले भनेका छन्।

सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको पक्षमा डा. पाण्डेले निर्वाह गरेको भूमिका विशेष स्मरणीय रहेको बताउँदै थापाले उनले प्रज्वलित गरेको नागरिक चेतना र बौद्धिक योगदानले आगामी पुस्तालाई मार्गदर्शन गरिरहने विश्वास व्यक्त गरेका छन्।

सभापति थापाले दिवंगत डा. देवेन्द्रराज पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

प्रकाशित मिति: १२:२५ बजे, शनिबार, साउन २, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्