बाँकेमा थप १० जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, जेठ १६ : बाँकेमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएक....

काठमाडौं, जेठ १६ : बाँकेमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनका अनुसार संक्रमितहरु सबै बाँकेको डुडुवा गाउँपालिकाका रहेका छन्।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२१२ पुगेको छ। तीमध्ये २०६ जना निको भएर घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १६:३६ बजे, शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











