जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, जेठ १६ : जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेको धुलिखेल नगरपालिका ८ पकुचाका २९ वर्षीय सुमन तामाङलाई शुक्....

काठमाडौं, जेठ १६ : जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेको धुलिखेल नगरपालिका ८ पकुचाका २९ वर्षीय सुमन तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
तामाङलाई भक्तपुर नगरपालिका ४ सूर्यविनायकमा डेरा गरी बस्दै आएकी २३ वर्षीया युवतीलाई गत साउन साउन १ गते राति डेरामा गई जबरजस्ती करणी गरेको अभियोग थियो। फरार तामाङलाई जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले लुकिछिपी बसेको अवस्थाबाट पक्राउ गरेको हो।
पक्राउपछि आवश्यक कारवाहीको लागि उनलाई महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा बुझाइएको छ।
तामाङमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त जगातीले जनाएको छ।
प्रकाशित मिति: १६:३५ बजे, शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











