झापामा थप २८ जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, जेठ १६ : झापामा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार कोसी अस्पताल विराटनगर र धरानस्थित वीपी कोइरा....

काठमाडौं, जेठ १६ : झापामा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार कोसी अस्पताल विराटनगर र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा थापाका थप २८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।
झापाको कचनकवल गाउँपालिका २७ जनाको कोसी अस्पतालमा र भद्रपुरका एक जनाको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कोरोनाको संक्रमण पुष्टि भएको हो।
यसअघि शुक्रबार नै रौतहटमा ५६ जनामा कोरोना पुष्टि भएको थियो।
प्रकाशित मिति: १६:१४ बजे, शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











