Kathmandu Press

प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गर्दै

केही बेरमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिबीच महिला उद्यमशीलताको प्रवद्र्धन, उद्योग व्यवसायमा महिलाको सहभागिता विस्तार तथा आवश्यक नीतिगत सुधारका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं, असार ३२ : प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल गर्दै छन्। 

केही बेरमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिबीच महिला उद्यमशीलताको प्रवद्र्धन, उद्योग व्यवसायमा महिलाको सहभागिता विस्तार तथा आवश्यक नीतिगत सुधारका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

छलफलमा महिला उद्यमी महासंघका अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन्।

बैठकमा महिला उद्यमीहरूले भोगिरहेका चुनौती, लगानी तथा वित्तीय पहुँच, उद्यममैत्री वातावरण निर्माण र महिला नेतृत्वको व्यवसाय प्रवद्र्धनका लागि आवश्यक नीतिगत पहलका विषयमा पनि सुझाव आदानप्रदान हुने अपेक्षा गरिएको बताइएको छ।

प्रकाशित मिति: १३:३० बजे, बिहीबार, असार ३२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्