Kathmandu Press

कर्णाली प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, मन्त्रीपरिषद् बैठकमा गएका मन्त्रीहरू राजीनामा दिएर फर्किए 

बुधबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीपरिषदको बैठक बोलाएका थिए। तर मन्त्रीहरु बैठकमा सहभागी नभएर सिँधै मुख्यमन्त्री कँडेललाई राजिनामा बुझाएर बाहिरिएको थिए। 
कर्णाली प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, मन्त्रीपरिषद् बैठकमा गएका मन्त्रीहरू राजीनामा दिएर फर्किए 

सुर्खेत, असार ३१ : कर्णाली प्रदेश सरकार मन्त्री परिषद् बैठकमा गएका मन्त्रीहरु राजिनामा दिएर सरकारबाट बाहिरिएका छन्। 

बुधबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीपरिषदको बैठक बोलाएका थिए। तर मन्त्रीहरु बैठकमा सहभागी नभएर सिँधै मुख्यमन्त्री कँडेललाई राजिनामा बुझाएर बाहिरिएको थिए। 

अकस्मात मन्त्रीहरुले राजीनामा किन गर्नु परेको भन्ने कारण बाहिरिएको छैन, तर सरकार सञ्चालनमा देखिएको मतभेदकै कारण काँग्रेस सरकारबाट बाहिरिएको बताइएको छ। 

२०८१ साउनमा नेपाली काँग्रेस र एमालेको संयुक्त सरकारमा सहभागि नेपाली काँग्रेसका चार जना मन्त्रीले बुधबार सामाजिक राजिनामा दिएका हुन् । काँग्रेसबाट सरकारमा सहभागि मन्त्रीहरुको राजिनामासंगै कर्णालीमा नयाँ सत्ता समिकरण सुरु भएको छ। 

समाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा विजया बुढा र आर्थिक मामिला तथा योजना मन्त्रीमा राजिव विक्रम शाहले मुख्यमन्त्रीलाई राजिनामा बुझाएका हुन् ।

प्रकाशित मिति: १२:५५ बजे, बुधबार, असार ३१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्