Kathmandu Press

रौतहटमा युवकले गरे आत्मदाह प्रयास

गरुडा नगरपालिका वडा नं. ९ गम्हरियाका देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
रौतहटमा युवकले गरे आत्मदाह प्रयास

रौतहट, असार ३१ : रौतहटको गरुडामा एक युवकले आत्मदाह प्रयार गरेका छन्।

गरुडा नगरपालिका वडा नं. ९ गम्हरियाका देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

घटनापछि उनलाई तत्काल उनलाई गरुडामा रहेको एक अस्पतालमा उपचारका लागि लगिएको थियो।

घाइतेको घाँटीदेखि तलसम्म करिब ३१ प्रतिशत शरीर जलेको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।

सहनीलाई थप उपचारका लागि काठमाडौंको कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरीे जनाएको छ। 

प्रकाशित मिति: ११:५३ बजे, बुधबार, असार ३१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्