स्पेन विश्वकपको फाइनलमा प्रवेश, फ्रान्सलाई बाहिरियो
अमेरिकाको टेक्सासस्थित आर्लिङ्टनमा भएको खेलमा फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
काठमाडौं, असार ३१ : फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित आर्लिङ्टनमा भएको खेलमा फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफमा मिकेल ओयार्जाबलले पेनाल्टीमार्फत स्पेनलाई अग्रता दिलाए । दोस्रो हाफमा पेड्रो पोरोले अर्को गोल थप्दै जित सुनिश्चित गरे ।
यो जितसँगै स्पेन विश्वकपको फाइनलमा प्रवेश हो । अब स्पेनले अर्जेन्टिना र ईग्ल्याण्डको बिजेतासँग उपाधी भिडन्त खेल्नेछ ।
प्रकाशित मिति: ०८:१४ बजे, बुधबार, असार ३१, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











