Kathmandu Press

भोलिदेखि भरी सिलिन्डर बिक्री हुने

यसअघि अस्थायी रूपमा ७.१ केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो। त्यसलाई अन्त्य गर्दै अब १४.२ केजी क्षमताकै सिलिन्डर पुनः वितरण गरिने भएको हो।
भोलिदेखि भरी सिलिन्डर बिक्री हुने

काठामडौं, असार ३० : नेपाल आयल निगमले खाना पकाउने ९एलपी० ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुरानै अवस्थामा फर्काएको छ। 

निगमले बुधबार देखि साविककै १४।२ केजीको ग्यास बिक्रीवितरण गर्ने व्यवस्था मिलाएको जनाएको छ । मूल्य भने दुई हजार ६० रुपैयाँ रहेको छ।

यसअघि अस्थायी रूपमा ७.१ केजी ग्यास भर्ने व्यवस्था गरिएको थियो। त्यसलाई अन्त्य गर्दै अब १४.२ केजी क्षमताकै सिलिन्डर पुनः वितरण गरिने भएको हो।

निगमका अनुसार, हाल भारतबाट नियमित रूपमा खाना पकाउने ग्यास आयात भइरहेको छ।  
 
प्रकाशित मिति: २०:४७ बजे, मंगलबार, असार ३०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्