Kathmandu Press

सरकारको एकद्वार विज्ञापन नीति सर्वोच्चद्वारा खारेज

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले उक्त निर्णय खारेजको आदेश गरेको हो।
सरकारको एकद्वार विज्ञापन नीति सर्वोच्चद्वारा खारेज

काठमाडौं, असार ३० : सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ। 

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले उक्त निर्णय खारेजको आदेश गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको वर्तमान सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन एवं प्रसारण गर्ने गरी एकद्वार प्रणाली लागु थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी यससम्बन्धी परिपत्र सार्वजनिक र निजी सञ्चारमाध्यमको हित प्रतिकूल भएको भन्दै नेपाल मिडिया सोसाइटीले ०८२ साल चैत २३ गते सर्वोच्चमा रिट दायर गरेको थियो ।

प्रकाशित मिति: १५:२५ बजे, मंगलबार, असार ३०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्