भौगोलिक अखण्डता र राष्ट्रिय अस्तित्व जोगाउने काम सरकारको हो : ठगुन्ना
‘देशको स्वाभिमान सार्वभौमसत्ता र भौगोकिक अखण्डताको रक्षा गर्ने दायित्व सरकारको हुन्छ। सबै देशको सरकारले आफ्नो देशको स्वविमानको रक्षा गर्दै भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यलाई प्राथमिकतामा राखिएको हुन्छ,’ उनले भने।
काठमाडौं, असार ३० : नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ठगुन्नाले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको प्रमुख दायित्व भएको बताएका हुन्।
‘देशको स्वाभिमान सार्वभौमसत्ता र भौगोकिक अखण्डताको रक्षा गर्ने दायित्व सरकारको हुन्छ। सबै देशको सरकारले आफ्नो देशको स्वविमानको रक्षा गर्दै भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यलाई प्राथमिकतामा राखिएको हुन्छ,’ उनले भने।
उनले नेपाली पुर्खाहरूको संघर्षबाट नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय अस्तित्व कायम भएको उल्लेख गरे ।
उनले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित करिब चारसय वर्ग किलोमिटर नेपाली भूमि भारतले अतिक्रमण गरेको दाबी गरे ।
उनले उक्त क्षेत्रमा भारतीय सुरक्षा बलको उपस्थिति, सडक निर्माण तथा कैलाश–मानसरोवर यात्रा र तिब्बतसँगको व्यापार सञ्चालन भइरहेको बताए ।
उनले सीमा विवादजस्तो संवेदनशील विषयमा सरकारको धारणा स्पष्ट, तथ्यमा आधारित र राष्ट्रिय हितअनुकूल हुनुपर्नेमा जोड दिए ।
सांसद ठगुन्नाले सीमा अतिक्रमणको विषय समाधानका लागि नेपालले विशेष कूटनीतिक पहल गर्नुपर्ने बताए ।
उनले सीमा विवादजस्तो संवेदनशील विषयमा सरकारको धारणा स्पष्ट, तथ्यमा आधारित र राष्ट्रिय हितअनुकूल हुनुपर्नेमा जोड दिए ।

-1784896419.png)