कोरोना जितेर फर्किए नेपाली सेनाका वरिष्ठ अधिकारी
काठमाडौं, जेठ १६ : कोरोना संक्रमित नेपाली सेनाका वरिष्ठ अधिकारी १२ दिनको उपचारपछि निको भएर घर फर्किएका छन्।
सशस्त्र प्रहरी अस्पताल, बल....

काठमाडौं, जेठ १६ : कोरोना संक्रमित नेपाली सेनाका वरिष्ठ अधिकारी १२ दिनको उपचारपछि निको भएर घर फर्किएका छन्।
सशस्त्र प्रहरी अस्पताल, बलम्बुले उनलाई आज डिस्चार्ज गरेको हो। उनीसँगै संक्रमित देखिएका अर्का सैनिक अधिकारी पनि डिस्चार्ज भएका छन्।
उनी मध्यपूर्वी पृतनामा कार्यरत थिए।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा जेठ ३ गते उनीहरुमा संक्रमण पुष्टि भएको थियो।
प्रकाशित मिति: १४:१८ बजे, शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार