Kathmandu Press

मिडिया हाउस र गगन थापाको निवास निवास अगाडिको शंकास्पद पार्किङबारे कांग्रेसको आपत्ति, निष्पक्ष छानबिनको माग

कांग्रेसले घटनाको घोर निन्दा तथा भत्र्सना गर्दै निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।
मिडिया हाउस र गगन थापाको निवास निवास अगाडिको शंकास्पद पार्किङबारे कांग्रेसको आपत्ति, निष्पक्ष छानबिनको माग

काठमाडौं, असार ३० : नेपाली कांग्रेसले पार्टीका सभापति गगनकुमार थापाको निजी निवास र सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार विज्ञप्ति जारी गर्दै उक्त घटनालाई लोकतान्त्रिक अभ्यास, स्वतन्त्र अभिव्यक्ति र नागरिक स्वतन्त्रतामाथिको गम्भीर चुनौतीका रूपमा लिइएको जनाएको हो। 

कांग्रेसले घटनाको घोर निन्दा तथा भत्र्सना गर्दै निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ।

साथै, लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि सबै लोकतन्त्रवादी शक्ति, सञ्चार क्षेत्र, नागरिक समाज तथा आम नागरिकलाई यस्ता अलोकतान्त्रिक गतिविधिविरुद्ध एकजुट भई सशक्त प्रतिवाद गर्न पनि कांग्रेसले आह्वान गरेको छ।

प्रकाशित मिति: ०७:२८ बजे, मंगलबार, असार ३०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्