Kathmandu Press

आत्मदाह गरेका गणेश नेपालीको आर्यघाटमा अन्त्येष्टि

उपचारका क्रममा शुक्रबार निधन भएका गणेशको परिवार र सरकारबीच आइतबार सम्झौता भएपछि परिवारले आज (सोमबार) शव बुझेसँगै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो।
आत्मदाह गरेका गणेश नेपालीको आर्यघाटमा अन्त्येष्टि

काठमाडौं, असाेज २९ : त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ। 

उपचारका क्रममा शुक्रबार निधन भएका गणेशको परिवार र सरकारबीच आइतबार सम्झौता भएपछि परिवारले आज (सोमबार) शव बुझेसँगै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो।

असार २५ गते राहदानी विभागअगाडि महानगर प्रहरीले गणेशको मोटरसाइकलमा ह्लील लक लगाएका थिए। त्यसपछि आत्मदाह प्रयास गरेका उनको वीर अस्पतालमा उपचार क्रममा शुक्रबार मृत्यु भएको थियो।

प्रकाशित मिति: १७:३४ बजे, सोमबार, असार २९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्