पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु
माथिबाट आएको पहिरोले सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा घट्ट पुरिँदा धाँमीगाउँ बस्ने अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावदको मृत्यु भएको प्रहरीले जनाएको छ।
कालिकोट, असार २९ : पहिरोले पानीघट्ट पुरिँदा कालीकोटमा दुई जनाको मृत्यु भएको छ।
माथिबाट आएको पहिरोले सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा घट्ट पुरिँदा धाँमीगाउँ बस्ने अन्दाजी ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावदको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरू काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न गएका थिए। दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी पुगेर दुवै जनालाई उद्धार गरे पनि त्यसबेला उनीहरुको मृत्यु भइसकेको बताइएको छ।
प्रकाशित मिति: १७:२२ बजे, सोमबार, असार २९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार