आत्मदाहको प्रयास गरेका अश्विनको मृत्यु
शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
काठमाडौं, आसर २७ : काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको मृत्यु भएको छ।
शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
मृतक राउतका भाइ दीपक राउतका अनुसार उनलाई परिवार, छिमेकी र स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
उनका अनुसार बिहान करिब ६ बजेतिर घटना भएको थियो। परिवार श्राद्धको तयारीमा रहेका बेला राउतकी श्रीमती नुहाउन गएको समयमा उनले बाहिर गएर स्कुटरबाट पेट्रोल निकाली शरीरमा खन्याएर आगो लगाएका बताए।
प्रकाशित मिति: १७:२१ बजे, शनिबार, असार २७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_1cc3ec18-1783750652.jpg)