Kathmandu Press

बहराइनमा रहेका कोरोना संक्रमित एक नेपालीले गरे आत्महत्या

काठमाडौं, जेठ १६ : बहराइनमा रहेका ताप्लेजुङका ३८ वर्षीय एक पुरुषले बिहीबार आत्महत्या गरेका छ्न। एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार....

बहराइनमा रहेका कोरोना संक्रमित एक नेपालीले गरे आत्महत्या
प्रतिकात्मक तस्बिर

काठमाडौं, जेठ १६ : बहराइनमा रहेका ताप्लेजुङका ३८ वर्षीय एक पुरुषले बिहीबार आत्महत्या गरेका छ्न। एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत युवाले बाथरुममा झुन्डिएर आत्महत्या गरेका हुन्।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार उनले क्वारेन्टाइनभित्रको बाथरुममा झुन्डिएर आत्महत्या गरेका हुन्।

बहराइनमा हालसम्म तीन सय ३१ जना नेपालीमा कोरोना संक्रमण देखिएपनि उनीहरुको गुणस्तरीय उपचार भइरहेको उनले बताए। 

बहराइनमा हालसम्म १० हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने, ५ हजार ४ सय १९ जना निको भएका छन्।

प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, जेठ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्