आत्मदाहको प्रयास गरेका गणेश नेपाली निधन
करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। तर, अस्पतालले भने निधनको औपचारिक घोषणा गरिसकेको छैन।
काठमाडौँ, असार २६ : त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको निधन भएको छ।
करिब ५५ प्रतिशत शरीर जलेका उनको वीर अस्पतालको बर्न सेन्टरमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। तर, अस्पतालले भने निधनको औपचारिक घोषणा गरिसकेको छैन।
आगोले अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुर्याएको थियो। अस्पताल ल्याइएलगत्तै उनको श्वासप्रश्वासमा समस्या देखिएकाले आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो।
भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे। आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि शुक्रबार दिउँसो उनले आत्मदाहको प्रयास गरेका थिए।
प्रकाशित मिति: १२:४६ बजे, शुक्रबार, असार २६, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1783670058.png)




-1783670058.png)


