Kathmandu Press

प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक प्रस्तुत गरिन्।
प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस

काठमाडौँ, असार २५ : प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक, २०८३ पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त विधेयक प्रस्तुत गरिन्।
 
मन्त्री गौतमले विद्यालयमा अध्ययनरत विद्यार्थीमा देश प्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताका आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयंसेवकका रुपमा राष्ट्र सेवामा खटाउन सक्नेगरी कानुनी व्यवस्था गर्न आवश्यक परेकाले विधेयक प्रस्तुत गरिएको बताइन्।
 
त्यसअघि मन्त्री गौतमले उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राखेकी थिइन्।

सभामुख डोलप्रसाद अर्यालले विधेयक प्रस्तुत गर्न अनुमति माग्नेसम्बन्धी प्रस्तावमा विरोधको सूचना प्राप्त हुन नआएकाले उक्त विधेयक प्रस्तुत गर्न अनुमति दिए।

सरकारले असार १६ गते सङ्घीय संसद् सचिवालयमा सो विधेयक दर्ता गराएको थियो।
 

प्रकाशित मिति: १६:४१ बजे, बिहीबार, असार २५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्