‘हाइवे एक्सप्रेस’मा गुडिरहेको सरकारको गाडी ‘अटो ड्राइभ’मा त छैन?’
‘वर्तमान सरकारले हाइवेमा एक्सप्रेस गाडी चलाएर अगाडि बढिरहेको दाबी गरेको छ। सरकारलाई विधि विधानको लेन मार्किङको अनुभूति चाहिँदैन्। सरकारलाई कुनैपनि रोड लाइटको वास्ता गर्नु पर्दैन्,’ उनले भने।
काठमाडौं, असार २५ : नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार हमालले विधि, सुशासन र पारदर्शितालाई बेवास्ता गर्दै अघि बढिरहेको आरोप लगाएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले आफूलाई तीव्र गतिमा अघि बढिरहेको देखाएर संस्थागत प्रक्रियालाई बेवास्ता गरेको बताए।
‘वर्तमान सरकारले हाइवेमा एक्सप्रेस गाडी चलाएर अगाडि बढिरहेको दाबी गरेको छ। सरकारलाई विधि विधानको लेन मार्किङको अनुभूति चाहिँदैन्। सरकारलाई कुनैपनि रोड लाइटको वास्ता गर्नु पर्दैन्,’ उनले भने, ‘डिजिटलाइजेसन, अल्गोरिदमको पनि कुराहरू उठेको छ। म प्रश्न गर्न चाहन्छु कतै त्यो गाडी अटो ड्राइभमा त छैन । सरकार प्रमुख गाडीको सिटमा हुनुहुन्छ तर त्यसको सफ्टवयेर त्यसको अल्गोरिदम कसै द्वारा सञ्चालित त छैन?’
उनले वर्तमान सरकार सुशासनको नारासहित बनेको दाबी गरिए पनि व्यवहारमा प्रतिशोधपूर्ण शैली अपनाएको आरोप लगाए। सरकारका गतिविधिले नागरिकलाई आतंकित बनाएको बताए।
‘वर्तमान सरकार सुशासनको धरातलमा बनेको भन्ने प्रचार गरिएको छ। वर्तमान सरकारका कतिपय गतिविधिहरू प्रतिसोध पुर्न हो कि भन्ने लागेको छ। आतकित तुल्याउने गरेको छ,’ उनले भने, ‘हिजो संसद्मा प्रश्न उठेको थियो पहिला थुन्ने अनि सुन्ने भनेर मलाई त्यस्तो लाग्दैन। पहिला थुन्ने पछि जे पर्छ त्यही हेर्ने। त्यो नीतिमा सरकार गइरहेको छ । सुशासनको विषयमा गम्भीर प्रश्न उठेको छ। सुशासन सत्ता पक्षलाई लाग्दैन सरकार प्रमुखदेखि सरकारमा रहेका व्यक्तिदेखि संंसदमा रहेका व्यक्तिहरु पारदर्शि र जवाफदेही हुनु पर्दैन्। त्यसैले शुसानको विषयमा गम्भीर प्रश्न उठ्ने ठाउँ बनेको छ।’
उनले ‘पहिला थुन्ने, पछि जे पर्छ त्यही हेर्ने’ भन्ने नीति सरकारले अवलम्बन गरेको जस्तो देखिएको उल्लेख गर्दै सुशासनका विषयमा गम्भीर प्रश्न उठेको बताए ।
उनले सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिताप्रति प्रतिबद्ध हुन आग्रह गरे।











