प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिबारे संसद्मै जवाफ दिन माग
‘प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिकै विषयमा बोल्न बाध्य भएको छौँ। यो हाम्रो रहर भन्दा पनि बाध्यता हो,’ उनले भनिन्।
काठमाडौं, असार २५ : सांसद खुस्बु ओलीले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान प्रश्न उठाएको भएकाले संसदमै स्पष्ट जवाफ दिन माग गरेकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिका कारण आफूहरू बोल्न बाध्य भएको बताइन्।
‘प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिकै विषयमा बोल्न बाध्य भएको छौँ। यो हाम्रो रहर भन्दा पनि बाध्यता हो,’ उनले भनिन्।
संसद्को नियमित कार्यसूची प्रभावित नहोस् र जनताका मुद्दा ओझेलमा नपरून् भन्ने जिम्मेवारीबोधका साथ संयमता अपनाएको भए पनि सरकारले त्यसलाई कमजोरीका रूपमा बुझेको जस्तो देखिएको उनले बताइन्।
‘संसद्को नियमित कार्यसूची अवरोध नहोस् र जनताको मुद्ध ओझेलमा नपरून् भन्ने जिम्मेवारबोधका साथ संयन्ता अपनायौँ। तर सरकारले त्यसलाई कमजोरी ठानेको जस्तो स्पष्ट देखियो । प्रधानमन्त्रीको एउटा अभिव्यक्ति, एउटा विचार मात्र हुँदैन त्यो राज्यको आधिकारिक धारण बन्छ,’ उनले भनिन्।
ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति व्यक्तिगत विचार मात्र नभई राज्यको आधिकारिक धारणा बन्ने उनले बताइन्।
‘नेपालको सीमा र भूमिसँग सम्बन्धी विषयमा प्रयोग हुने प्रत्येक शब्दले राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय सन्देश दुवै निर्धारण गर्छ। सीमा नक्साको रेखा मात्र होइन इतिहास, बलिदान, सार्वभैमीकता र भावी पुस्ताप्रतिको दायित्व हो। यसैले यस विषयमा जवाफ दिन संसदमै आउनुपर्छ,’उनले भनिन्।
नेपालको सीमा र भूमिसम्बन्धी विषयमा प्रयोग हुने प्रत्येक शब्दले राष्ट्रिय स्वाभिमान र अन्तर्राष्ट्रिय सन्देश निर्धारण गर्ने बताउँदै उनले सीमा नक्साको रेखा मात्र नभई इतिहास, बलिदान, सार्वभौमिकता र भावी पुस्ताप्रतिको दायित्वसँग जोडिएको विषय भएको धारणा राखिन् । सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिबारे सरकारले संसद्मै स्पष्ट जवाफ दिनुपर्ने बताइन् ।










![जावलाखेलमा ‘पेडेस्ट्रियन पुस बटन’ जडान [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-5-of-10_6eb79007-1783583070.jpg)
