Kathmandu Press

कोरोना संक्रमितलाई आइसोलेसनमा लग्न खोज्दा विवाद, प्रहरीद्वारा १२ राउन्ड हवाई फायर

काठमाडौं, जेठ १६ : कोरोना भाइरस संक्रमितलाई आइसोेलेसनमा लग्न खोज्दा रौतहटको इशनाथ नगरपालिकामा विवाद उत्पन्न भएको छ। शुक्रबार बिहान स्थानीय अवरोध गरेपछ....

कोरोना संक्रमितलाई आइसोलेसनमा लग्न खोज्दा विवाद, प्रहरीद्वारा १२ राउन्ड हवाई फायर

काठमाडौं, जेठ १६ : कोरोना भाइरस संक्रमितलाई आइसोेलेसनमा लग्न खोज्दा रौतहटको इशनाथ नगरपालिकामा विवाद उत्पन्न भएको छ। शुक्रबार बिहान स्थानीय अवरोध गरेपछि प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ।

इशनाथ नगरपालिका–७ जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका दुई जनालाई आइसोलेसनमा लग्न खोज्दा विवाद भएको हो। स्थानीय वासिन्दाले प्रहरी र स्वास्थ्यकर्मीलाई रोक्न खोजेपछि विवाद भएको हो।

कोरोना संक्रमितलाई गाउँकै आइसोलेसनमा राख्न स्थानीय वासिन्दाले माग गरेका थिए। प्रहरी र स्वास्थ्यकर्मीले जिल्ला अस्पताल लग्न खोजेका थिए।

तनाव बढ्दै गएपछि प्रहरीले बल प्रयोग गरेको हो। त्यस क्रममा १२ राउन्ड हवाइ फायर गरिएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ।

स्थानीय वासिन्दाले प्रहरीको गाडीमा समेत तोडफोड गरेका छन्। सो क्षेत्रमा थप सुरक्षाकर्मी पठाएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १२:४० बजे, शुक्रबार, जेठ १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्