Kathmandu Press

सांसद राजेन्द्र राईले ‘तपाईंको खुट्टी हेरिसकेँ’ भनेपछि संसद बैठक स्थगित

राई सभामुखले बोल्न नदिएको भन्दै पाँच वर्ष सभा चलाउन नसक्ने बताए। उनले आफूले सभामुखको ‘खुट्टी’ हेरिसकेको बताए। 
सांसद राजेन्द्र राईले ‘तपाईंको खुट्टी हेरिसकेँ’ भनेपछि संसद बैठक स्थगित

काठमाडौं, असार २४ : विवाद उत्पन्न भएपछि प्रतिनिधिभास बैठक १५ मिनेटमा लागि स्थगित भएको छ। 

एमाले सांसद राजेन्द्र राईले ‘तपाईं कान सुन्नुहुन्छ कि हुन्न’ भनेर सभामुख डोलप्रसाद अर्याललाई सोधेपछि बैठकमा विवाद उत्पन्न भएको हो। 

Hardik ivf

राईले त्यति बोल्ने वित्तिकै सभामुख डिपी अर्यालले उनलाई सभामुखको अपमान गरेको भन्दै बोल्न दिएनन्, बस्न निर्देशन दिए। त्यसपछि एमाले सांसदहरुले उठेर विरोध गरे।

त्यसपछि रास्वपा सांसद टीका संग्रौलाले राईको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन माग गरिन्। नभए कस्ता सांसद पठाएछन् भनेर भावी पुस्ताले देख्ने गरी रेकर्डमा राख्न आग्रह गरिन्। 

संग्रौलाले बोलिसकेपछि सभामुले पनुः राईलाई बोल्न समय दिए। राई सभामुखले बोल्न नदिएको भन्दै पाँच वर्ष सभा चलाउन नसक्ने बताए। उनले आफूले सभामुखको ‘खुट्टी’ हेरिसकेको बताए। 

‘आज अचम्म भयो । यस्तो गरिमामय सदनमा आत्तिएर एउटा सदस्यले कुरा राखिरहेको बेला तपाईंले जुन व्यवहार गर्नुभयो, तपाईंले पाँच वर्ष सभामुख चलाउँनु हुन्न सभामुख महोदय मैले बुझिसकेँ,’ उनले भने, “तपाईंको मैले खुट्टी हेरिसकेँ। किन हेरेँ भने, तपाईंले कुरा सुन्न परेन? के भन्दै छ नसुनी तपाईं एकैचोटी भन्न मिल्छ?’ 

राई त्यतिमात्र के भनेका थिए सभामुख अर्यालले बैठक १५ मिनेट स्थगित गरे।

प्रकाशित मिति: १२:२४ बजे, बुधबार, असार २४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्