प्रधानमन्त्री र एडीबी अध्यक्षबीच भेट
भेटमा नेपालको हित र एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको बताइएको छ।
काठमाडौं, असार २३ : प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाले भेट भएको छ।
दुईबीच मंगलबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्ता भएको हो। भेटमा नेपालको हित र एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको बताइएको छ।
अध्यक्ष कान्दाको नेपाल भ्रमणको अवसरमा एडीबीसँग नेपालले १६ करोड ५० लाख अमेरिकी डलर सहुलीयतपूर्ण ऋण लिने सम्झौता भएको छ।
प्रकाशित मिति: १२:३९ बजे, मंगलबार, असार २३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार












