Kathmandu Press

भीष्मराज आङ्देम्बेले भने– प्रधानमन्त्रीले भाइरल हुन छाड्नु पर्छ

‘प्रधानमन्त्री संसद्मा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ?,’ उनले प्रश्न गरे।
भीष्मराज आङ्देम्बेले भने– प्रधानमन्त्रीले भाइरल हुन छाड्नु पर्छ

काठमडौं, असोज २२ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई ‘भाइरल’ हुन छाड्न आग्रह गरेका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुलाई नै प्रभावकारी ठान्ने गरेको टिप्पणी गरे।

Hardik ivf

‘प्रधानमन्त्री संसद्मा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ?,’ उनले प्रश्न गरे।

लोकतन्त्रमा लोकप्रिय र उत्तरदायी हुनु एउटै विषय नभएको उनले बताए। आङ्देम्बेले भाइरल हुने बाटो भुल्न आग्रह गरे।

यस्तै, उनले राष्ट्रिय महत्त्वका विषयमा साझा धारणा नबनाइएको भन्दै  सरकार एक्लै अघि बढ्न खोजेको आरोप लगाए । उनले खुट्टा सुल्टो, जुत्ता उल्टो लगाएर गन्तव्यमा नपुगिने बताए । प्रधानमन्त्रीले जुत्ता उल्टो लगाउन खोजेको उनले टिप्पणी गरे।

‘सुल्टो बाटो हिड्नुपर्छ । छिटो हिँडेर मात्रै गन्तव्यमा पुगिँदैन, हिँड्ने बाटो सही हुनुपर्छ। प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नुभएको भान मलाई भइरहेको छ,’ उनले भने।

प्रकाशित मिति: १४:२३ बजे, सोमबार, असार २२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्