Kathmandu Press

एडीबी अध्यक्ष मासातो कान्डा काठमाडौंमा, नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता

नेपाल आइपुगेपछि उनले एडीबीले नेपालको विकास, रूपान्तरण तथा दीर्घकालीन आर्थिक वृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। 
एडीबी अध्यक्ष मासातो कान्डा काठमाडौंमा, नेपालको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं, असार २२ : एसियाली विकास बैंक ९एडीबी०का अध्यक्ष मासातो कान्डा औपचारिक भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्। उनले आफ्नो आगमनबारे सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिएका हुन्।

नेपाल आइपुगेपछि उनले एडीबीले नेपालको विकास, रूपान्तरण तथा दीर्घकालीन आर्थिक वृद्धिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। 

Hardik ivf

रोजगारी सिर्जना र नयाँ आर्थिक अवसर विस्तारका लागि आवश्यक पूर्वाधार विकासमा एडीबीले सहयोग जारी राख्ने उनले उल्लेख गरेका छन्।

एडीबी नेपालको प्रमुख विकास साझेदारमध्ये एक हो। अध्यक्ष कान्डाका अनुसार हाल नेपालमा एडीबीको लगानीमा करिब ३ अर्ब ९० करोड अमेरिकी डलर बराबरका विभिन्न विकास आयोजनाहरू सञ्चालनमा छन्।

भ्रमणका क्रममा उनले नेपालमा नयाँ सरकारले तय गर्ने विकास प्राथमिकताबारे छलफल गर्ने बताएका छन्। यसका लागि उच्चस्तरीय वार्तामा सहभागी हुन आफू उत्सुक रहेको उनको भनाइ छ।

नेपाल र एडीबीबीच विगत ६ दशकदेखि कायम सहकार्य र साझेदारी आगामी दिनमा अझ मजबुत हुने विश्वास पनि उनले व्यक्त गरेका छन्।

प्रकाशित मिति: १३:२३ बजे, सोमबार, असार २२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्